तपाईँ सुन्दै हुनुहुन्छः

निजी क्षेत्रसँग सहकार्य गरी अगाडि बढ्ने : मुख्यमन्त्री राउत

काठमाडौँ । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले निजी क्षेत्रसँग सहकार्य गरी प्रदेशमा कृषि, औद्योगिक, व्यवसायिक, रोजगारी र विकास निर्माण सम्बन्धी मुद्दाहरूलाई समाधान गरिने बताउनुभएको छ  ।
वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोध गुप्ताको नेतृत्वमा वीरगंजबाट गएको प्रतिनिधि मण्डलसँग सोमवार जनकपुरमा भेटवार्ता गर्दै मुख्यमन्त्री राउतले वीरगंजको समृद्धि र विकासमा प्रदेश सरकार जुटिरहेको बताउनुभयो ।
उहाँले वीरगंज उद्योग वाणिज्य संघले अघि सारेका कृषि, औद्योगिक, व्यवसायिक, रोजगारी, विकास निर्माण सम्बन्धी मुद्दाहरुलाई प्रदेश सरकारको मातहतमा रहेका प्रदेश सरकारले पहल गर्ने तथा संघीय सरकारका मातहतका परियोजनालाई संघीय सरकार मार्फत प्रभावकारी र शीघ्र सम्पन्न गराउन पहल गर्ने बताउनुभयो ।
मुख्यमन्त्रीसँगको भेटघाटका क्रममा वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष गुप्ताले वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरलाई औद्योगिक कोरिडोरको मान्यता प्रदान गर्नुका साथै प्रदेश नम्बर २ मा रोजगारी सृजना, कृषिमा आत्मनिर्भरतामा जोड दिनु आवश्यक भएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button