तपाईँ सुन्दै हुनुहुन्छः

विदेशी लगानीलाई सहजीकरण गर्ने सम्बन्धमा उद्योग मन्त्रालयमा छलफल

काठमाडौँ । विदेशी लगानीलाई सहजीकरण र सरलीकरण गर्ने सम्बन्धमा के कस्ता नीतिगत विषयहरूलाई अघि बढाउने भन्ने सम्बन्धमा उद्योग मन्त्रालयमा छलफल भएको छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट र नेपाल राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारी तथा मन्त्रालयका सचिवहरू संलग्न बैठकमा आगामी बजेट, सरकारको नीति तथा कार्यक्रम र मौद्रिक नीतिमा समेत के कसरी विदेशी लगानीलाई आकर्षित गर्ने र सहजीकरण गर्न नीतिगत व्यवस्था गर्ने भन्ने विषयमा केन्द्रित भएर छलफल भएको उद्योग मन्त्रालयले जनाएको छ ।
छलफलमा विदेशी लगानी आकर्षित गर्ने र सरलीकरण गर्ने के कस्ता नीति बनाउँदा राम्रो हुन्छ भन्ने सम्बन्धमा केन्द्रित भएर छलफल भएको उद्योग मन्त्रालयका प्रवक्ता डा नारायणप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button