तपाईँ सुन्दै हुनुहुन्छः

अछामको वायुमण्डल उच्च प्रदूषित

अछाम । देशभर वायु प्रदूषणको प्रभाव बढेसँगै अछाम जिल्लामा पनि वायु प्रदूषण बढेको छ । जिल्ला तथा छिमेकी जिल्लाको आकाश पनि धुवाँ तथा धुलोले छपक्क छोपेको पाइएको छ ।
विगत २ हप्ता देखि तुवाँलोको प्रभाव अलि अलि मात्रै देखिएको अछाममा अहिले ह्वात्तै बढेको छ । एक टोल बाट अर्को टोल नदेखिने, बिहान सडकमा गुडिरहेका सवारी साधनहरू पनि स्पष्ट रूपमा नदेखिने, घर भन्दा बाहिर निस्कँदा आँखा पोलेजस्तो हुने जस्ता समस्या आइरहेका छन् ।
सदरमुकाम मङ्गलसेनमा पनि तुवाँलोले छोपेको छ । सदरमुकाम वरिपरिका सम्पूर्ण बनहरूमा डढेलो फैलिएको छ । यसबाट थप वायु प्रदूषण तथा धुवाँ बढेको स्थानीय व्यापारी मना अधिकारीले बताउनुभयो ।
जिल्लाको प्रमुख व्यापारी केन्द्र साँफेबगर स्थित सरकारी तथा निजी विद्यालयहरूले गर्मी अत्यधिक बढेका कारण बिहानी कक्षा सञ्चालनमा ल्याएका छन् ।
अछाम जिल्लाका प्रायः सबै राष्ट्रिय, सामुदायिक तथा निजी वनमा आगलागी भएको छ । सायौँ हेक्टर वन क्षेत्र आगलागीमा परेर सखाप भएको मङ्गलसेन ६ मा रहेको भण्डारी सामुदायिक वनका अध्यक्ष दुर्गा प्रसाद भण्डारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button