तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधि सभामा सरकारको ध्यानाकर्षण

काठमाडौँ। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरुले सरकारले गरिरहेको काम, राजनीतिक अवस्था, देशमा उत्पन्न परिस्थिति, लगायतका विषयमा संसद् मार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

बैठकमा नेकपा एमालेका सांसद गोकुल बास्कोटाले विरोधका लागि विरोध गर्नुले राजनीति सही मार्गमा पुग्न नसक्ने बताउनुभयो ।
उहाँले जनताको खुसी र देशको समृद्धिका लागि सरकारले काम गरिरहेकाले एक अर्कालाई आरोप प्रत्यारोप गर्दै राजनीतिक दलहरु एजेण्डा विहीन बनेर जनतालाई निराश बनाउने गरी अगाडी बढ्नु नहुनेमा जोड दिनुभयो ।

सांसद बास्कोटाले सरकारको समर्थन फिर्ता गर्न नसक्ने, समर्थन गरिरहने र सरकार काम चलाऊ भयो भन्नुको कुनै अर्थ नभएको भन्दै समर्थन फिर्ता लिन चुनौती समेत दिनुभयो ।प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसद देवेन्द्रराज कडेलले सर्वोच्चको फैसलापछि नेकपा एमाले छुट्टै पार्टी बनेकाले प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन ढिलाई गर्न नहुने बताउनुभयो ।

उहाँले यसअघिको नेकपाको सरकार अब नरहेको र नेकपा एमालेको सरकारलाई कसैले नचिन्ने भन्दै सर्वोच्चको निर्णय भएको ३० दिन बितिसकेकाले नेकपा एमालेका तर्फबाट सरकारले विश्वासको मत लिन ढिला भैसकेको समेत बताउनुभयो ।

नेकपा माओवादी केन्द्रको सांसद शशी श्रेष्ठले नागरिता व्यक्तिको पहिलो अधिकार भएको भन्दै नागरिकता सम्बन्धी विधेयक समितिबाट पास भएको लामो समय भैसक्दा समेत संसदबाट पास हुन नसक्दा हजारौँ मानिस नागरिकता पाउने अधिकारबाट वञ्चित हुनु गरिरहेको तर्फ तर्फ ध्यानाकर्षण गराउनु भयो ।

बैठकको विशेष समयमा सासदहरुले देशका विभिन्न भागमा ठेकेदारले समयमा काम नगर्दा सडक निर्माण, पुल निर्माण लगायतका काममा ढिलाई भइरहेको विषयमा ठेकोदारलाई कार्यवाही गर्न सरकारसँग माग गर्नुभयो ।

सांसदहरुले राष्ट्रिय गौरबका आयोजनाका काम समयमा पुरा गर्नु पर्ने, विश्व सम्पदा सूचीमा रहेको चागुनारायण मन्दिर र त्यस क्षेत्रको पानीको मुहानमा मानवीय गतिविधिका कारण सङ्कटमा परेको तर्फ सरकारको ध्यानाकर्षण गराउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button