तपाईँ सुन्दै हुनुहुन्छः

सप्तरीमा आगलागी हुँदा लाखौंको क्षति

सप्तरी। सप्तरीको तिलाठी कोइलाडीमा गए राति आगलागी हुँदा लाखौंको क्षति भएको छ ।

जिल्लाको तिलाठी कोइलाडी गाउँपालिकामा वडा नम्बर ६ निवासी सुधांशुप्रसाद सिंहको गोठ र स्टोर कोठामा गएराती ९ः३० बजेको समयमा आगलागी हुँदा लाखौको क्षति भएको हो ।घरभित्र रहेको सन्दुक, लत्ताकपडा, भाडावर्तन, नगद जिन्सी तथा विभिन्न सरसामान जलेर नष्ट हुँदा ६ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

कुन कारणले कसरी आगलागी भएको भने खुल्न सकेको छैन ।स्थानीयवासी, प्रहरी र हनुमाननगर कङ्कालिनी नगरपालिकाबाट गएको बारुणयन्त्रले आगो नियन्त्रमा लिएको थियो ।यस्तै तिरहुत गाउँपालिका–४ डिमनमा पनि आज बिहान भगवती यादवको घर अगाडि जम्मा गरिएको गहुँ बाली जलेर नष्ट भएको छ ।

करिब दुई बिघा जमिनमा लगाइएको गहुँ बाली नष्ट भएको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button