थ्री नेसन्स कप फुटबलको उपाधि विजेता टिमका खेलाडीलाई नगद रु.४ लाख दिने सरकारको निर्णय

काठमाडौँ । सरकारले थ्री नेसन्स कप फुटबलको उपाधि विजेता टिमका खेलाडीलाई प्रति खेलाडी ४ लाख रुपियाँ उपलब्ध गराउने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले प्रति खेलाडी ४ लाख रुपियाँ प्रदान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले जानकारी दिनुभयो ।
गत सोमबार दशरथ रङ्गशालामा भएको फाइनल खेलमा बङ्गलादेशलाई २–१ गोलले पराजित गर्दै नेपालले उपाधि जितेको थियो ।
थ्री नेसन्स कपमा नेपाल, बङ्गलादेश र किर्गिस्तानको २३ वर्षमुनिका खेलाडीको सहभागिता थियो ।
यसै गरी मन्त्रिपरिषद् बैठकले रेडियो प्रसार सेवा विकास समिति रेडियो नेपालको संशोधित नियमावली पारित गरेको मन्त्री गुरुङले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्