पाल्पाका थप एक कोरोना सङ्क्रमितको मृत्यु

पाल्पा । कोरोना सङ्क्रमणका कारण पाल्पाका थप एक व्यक्तिको मृत्यु भएको छ । बुधवार राती ६५ वर्षीय वृद्धको मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थी जानकारी दिनुभयो ।
तानसेन नगरपालिका ८ पिपलडाँडा घरमै बसिरहेको अवस्थामा उहाँको मृत्यु भएको हो । उहाँलाई किड्नीमा समस्या रहेको बताइएको छ । योसँगै पाल्पामा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ३७ पुगेको छ ।








प्रतिक्रिया राख्नुहोस्