पर्यटन व्यवसाय चलायमान हुँदै
काठमाडौँ । कोभिड–१९ का कारण थला परेको पर्यटन व्यवसाय हाल केही चलायमान हुन थालेको छ ।
बन्दाबन्दी लकडाउनपछि हालसम्मकै सबैभन्दा धेरै विदेशी पर्यटक मार्च महिनामा नेपाल भित्रिएका छन् ।
अध्यागमन विभागले सार्वजनिक गरेको मार्च महिनाको तथ्याङ्कअनुसार एक महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै विभिन्न १३८ देशबाट १४ हजार ९७७ विदेशी नागरिक नेपाल भित्रिएका छन् ।
विभागको तथ्याङ्कअनुसार एक महिनामा सबैभन्दा धेरै भारतबाट सात हजार ६५८ पर्यटक नेपाल भित्रिएका छन् ।
यसै गरी चीनबाट १ हजार २०७ र अमेरिकाबाट १ हजार ७०३ विदेशी पर्यटक नेपाल भित्रिएका अध्यागमन विभागको तथ्याङ्कले देखाएको छ ।
विभागको तथ्याङ्कअनुसार गत जनवरीमा ८ हजार ८७४ र फेब्रुअरीमा नौ हजार १४६ विदेशी पर्यटक नेपाल भित्रिएका थिए ।








प्रतिक्रिया राख्नुहोस्