तपाईँ सुन्दै हुनुहुन्छः

भारतमा कोभिडको संक्रमित बढ्दा पूर्वी नाकाबाट नेपाल भित्रिनेको सङ्ख्या बढ्दै

झापा । भारतमा कोरोना भाइरस (कोभिड १९)को संक्रमण दर उच्च बन्दै जाँदा पूर्वी नाकाबाट नेपाल भित्रिनेको सङ्ख्या दैनिक बढ्दै गएको हेल्प डेस्कका कर्मचारीले जानकारी दिएका छन् ।

विगतमा दैनिक उपभोग्य सामग्री खरिद गर्न जाने नागरिकसमेत हेल्प डेस्कको तथ्याङ्कमा हुने गरेकोमा अहिले भारतबाट नेपाल प्रवेश गर्ने नागरिकको सङ्ख्या मात्र समावेश भएको डेस्कका कर्मचारीहरुले बताएका छन् ।

सीमा नाका बन्द हुने हल्लाका कारणसमेत मङ्गलवार र बुधवार नेपाल प्रवेश गर्ने मानिसको सङ्ख्या बढेको डेस्कले बताएको छ । बुधवार ३ हजार ९ सय १६ पुरुष, २ हजार ४ सय ३३ महिला र ३३० बालबालिका गरी ६ हजार ५ सय ३६ जना भित्रिएका छन् ।

यसअघि मङ्गलवार ३ हजार १ सय ६८ पुरुष, १ हजार ९ सय ७२ महिला र २८५ बालबालिका गरी ५ हजार ४ सय २५ जना भित्रिएको डेस्कले जनाएको छ ।यो क्रम हेर्दा भारतमा संक्रमण बढेको र नाकामा आवतजावत बन्द हुने हल्लाका कारण आउने क्रम बढेको देखिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button