तपाईँ सुन्दै हुनुहुन्छः

माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु, दुई घाइते 

डडेलधुरा । डडेलधुरामा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
बुधवार दिउँसो जिल्लाको अमरगढी नगरपालिका –७ स्थित उग्रतारा जङ्गल नजिकै माटो निकाल्ने क्रममा ढिस्कोले पुरिएर सोही वडाका एैरी गाउँकी ४० वर्षीया निरुदेवी ऐरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रहरी निरीक्षक राजेन्द्रबहादुर चन्दले जानकारी दिनुभयो ।
घाइते हुनेमा एैरी गाउँकै ३० वर्षीया शारदा ऐर र २० वर्षीया कमला बिक छन् । प्रहरी कार्यालयले दिएको जानकारी अनुसार घाइते दुवै जनालाई थप उपचारका लागि धनगढी रेफर गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button