तपाईँ सुन्दै हुनुहुन्छः

समयमा डाक्टर नआउँदा बिरामीको मृत्यु

फाइल तस्बिर

रुपन्देही । अस्पतालमा पुराएका बिरामीलाई समयमा समयमा डक्टर नआएका कारण बिरामीको मृत्यु भएको आफन्तले आरोप लगाएका छन् ।

रुपन्देहीको बुटवलमा रहेको तिनाउ इन्टरनेशनल अस्पतालमा समयमा चिकित्सक नआएर गरिएको गम्भीर लापरवाहीले बिरामीको मृत्यु भएको भन्दै आफन्तले आरोप लगाएका छन् । रुपन्देहीको सैनामैना सालझण्डीकी ४४ वर्षीया पार्वती घिमिरे बराललाई बिरामी परेपछि सोमबारदेखि अस्पतालमा भर्ना गरिएकोमा बुधबार बिहान मृत्यु भएपछि आफन्तले यस्तो विरोध गर्दै आएका छन् ।

मृतकका श्रीमान सूर्य बरालले श्रीमतिलाई लगातार बमिटिङ र अक्सिजनको कमी भएर अस्पताल ल्याइएको र सास फेर्न असहज भएपछि डाक्टरलाई बोलाउँदा समयमा नआएपछि ज्यान गएको बताउनुभयो । ‘मध्यराती अन्दाजी १ बजेर ५० मिनेटमा डाक्टरलाई कल गर्दा २ बजेर ४० मिनेटमा आइपुगेको उनले बताए ।

इमर्जेन्सीका ड्युटी अफिसर रुद्र भण्डारी समयमा बिरामीको उपचारमा नपुग्दा बिरामीको मृत्यु भएको मृतकका श्रीमान बरालले बताउनुभयो । राती १० बजेबाटै बिरामीलाई असहज भएको भन्दै बिरामीका आफन्तले आईसीयूको सेवा माग्दा पनि अस्पतालले बेवास्ता गरेको बरालले बताउनुभयो ।

अस्पताल प्रशासनले भने डाक्टर सयमै पुगेको र उपचारमा कुनै कमी नगरिएको दाबी गरेको छ । ‘विरामीलाई रातको १० बजेदेखि नै असहज भएपछि ११ बजे आइसियूमा राख्न डाक्टरहरुले सुझाब दिएका थिए ।’ अस्पतालका अध्यक्ष चिरञ्जिवी जोशीले भन्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button