नेपाली सेनालाई भारतीय सेनाद्वारा कोभिड–१९ भ्याक्सिन कोभिसिल्ड हस्तान्तरण
काठमाडौँ । नेपाली सेनालाई भारतीय सेनाले सहयोग स्वरूप प्रदान गरिएको एक लाख डोज कोभिड–१९ भ्याक्सिन कोभिसिल्डको पहिलो खेप औपचारिक रुपमा हस्तान्तरण गरिएको छ ।
सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित कार्यक्रममा भारतीय स्थल सेनाध्यक्ष जनरल एम एम नरवणेले भिडियो टेलिकन्फरेन्स मार्फत भ्याक्सिन प्रधान सेनापति पूर्ण चन्द्र थापालाई ग्रहण गर्न अनुरोध गरे पश्चात् नेपालका लागि भारतका राजदूत विनय मोहन क्वात्राले भौतिक रुपमा हस्तान्तरण गर्नु भएको हो ।
भ्याक्सिन हस्तान्तरण कार्यक्रममा जनरल नरवणेले मित्रराष्ट्रहरूलाई महामारीको समयमा सक्दो सहयोग गर्ने भारतीय सरकारको नीति अनुसार घनिष्ठ सम्बन्ध रहेको नेपाली सेनालाई यस प्रकारको सहयोग गर्न पाउँदा अत्यन्तै खुसी लागेको बताउनु भयो ।

प्रधान सेनापति पूर्ण चन्द्र थापाले सहयोगको लागि भारतीय सेना र जनरल नरवणे प्रति धन्यवाद दिनुभयो ।
उहाँले यस सहयोगले नेपाली सेनाका सकल दर्जा एवं प्राथमिकताका आधारमा हिताधीकारीहरु समेत लाभान्वित हुने, महामारी विरुद्धको लडाइमा नेपाली सेना अझ बढी प्रभावकारी रुपमा नेपाली जनताको सेवामा लाग्न सक्षम हुने भन्दै यस कार्यबाट दुई देशका सेनाबिच रहेको सम्बन्ध अझ बढी प्रगाढ भएको भावना व्यक्त गर्नु भयो ।








प्रतिक्रिया राख्नुहोस्