रेडियो नेपालले बुधबार राष्ट्रव्यापी आधुनिक गीत प्रतियोगिता आयोजना गर्दै

काठमाडौँ । रेडियो नेपालले आफ्नो ७१ औँ वार्षिक उत्सवको अवसरपारि भोलि बुधवार राष्ट्रव्यापी आधुनिक गीत प्रतियोगिता गर्दैछ। प्रतियोगितामा देशभरबाट छानिएका ३१ प्रतियोगीले सहभागिता जनाउने भएका छन् ।
प्रतियोगिता सिंहदरबार स्थित रेडियो नेपाल परिसरमा हुनेछ । रेडियो नेपालले आफ्नो वार्षिक उत्सवको अवसरपारि २०२२ सालदेखि प्रत्येक बर्ष राष्ट्रव्यापी सङ्गीत प्रतियोगिताको आयोजना गर्दै आइरहेको छ । प्रतियोगिता बाट छानिएका उत्कृष्ट हुने गीतकार , सङ्गीतकार र गायकलाई नगद पुरस्कार प्रदान गरिने छ ।











प्रतिक्रिया राख्नुहोस्