राष्ट्रिय पत्रकारिता पुरस्कार कसजूलाई

पाल्पा । नेपाल पत्रकार महासङ्घ, पाल्पामा स्थापित ५० हजार राशिको राष्ट्रिय पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार विनय कसजू (मरणोपरान्त) प्रदान गरिएको छ । नेपाल पत्रकार महासङ्घको ६६औँ स्थापना दिवसका अवसरमा उक्त पुरस्कार उहाँकी धर्मपत्नी गङ्गा कसजूलाई प्रदान गरिएको हो ।
कसजू पाल्पाबाट २०२६ सालदेखि पत्रकारिता लाग्नुभएको थियो । उहाँले २०४० सालमा ‘सत्य साप्ताहिक’ पत्रिका प्रकाशनमा ल्याउनुभएको थियो ।
उहाँ राष्ट्रिय सूचना आयोगका प्रथम प्रमुख आयुक्तमा नियुक्त भई काम गरिसक्नुभएको छ । पछिल्लो समयमा बाल साहित्यमा कलम चलाउँदै आउनुभएका कसजूको २०७६ साल मङ्सिर १० गते ७२ वर्षको उमेरमा निधन भएको थियो।
यसैगरी विकास पत्रकारिता पुरस्कारबाट लेखक तथा पत्रकार नीलकण्ठ न्यौपानेलाई नगद २५ हजारसहित दोसल्ला र सम्मान पत्रले पुरस्कृत गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्