मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
बारा । बाराको जितपुर सिमरा उपमहानगरपालिकामा पूर्वपश्चिम राजमार्गमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा जितपुरसिमरा उपमहानगरपालिका वडा नं.२२ बस्ने ३७ वर्षीय निमा शेर्पा तितुंगे रहेका छन् । पथलैयाबाट अमलेखगन्जतर्फ जाँदै गरेको ना १७ प ७८२७ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको युके ०८ सीए ५०९७ नम्बरको भारतीय ट्रकले ओभर टेक गर्ने क्रममा पछाडिको भागले मोटरसाइकललाई ठक्कर दिएको थियो ।
ठक्करबाट मोटरसाइकल चालक जितपुरसिमरा उपमहानगरपालिका वडा नं.२१ बस्ने ५६ वर्षीय विजय कान्ता झा र पछाडि बसेका निमा शेर्पा तितुंग घाइते भएका थिए । घाइते शेर्पाको उपचारको क्रममा हेटौँडाको चुरे हिल अस्पतालमा मृत्यु हो ।
ट्रक र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्