महाकाली नदीमा र्याफ्टीङ सञ्चालन

डडेलधुरा । विश्व पानी दिवसको अवसरमा डडेलधुराको परशुराम नगरपालिका अन्तर्गत रहेको महाकाली नदिमा र्याफ्टीङ सेवा सञ्चालनमा आएको छ । नेपाल–भारतको सीमा नदी महाकालीमा र्याफ्टीङ गरी परशुराम नगरपालिकाका नगर प्रमुख भीमबहादुर साउदले उद्घाटन गर्नुभएको छ ।
दार्चुला, बैतडी, डडेलधुरा र कञ्चनपुर भएर बग्ने महाकाली नदिमा तिन वटा जिल्लाहरूमा र्याफ्टीङ गरिन लागेको हो । महाकाली नदिमा जलयात्रा र्याफ्टीङको सम्भाव्यता अध्ययन पछि र्याफ्टीङ सञ्चालनमा आउन लागेको हो ।
साहसिक पर्यटकका लागी दीर्घकालीन रुपमा महाकालीमा बोट सञ्चालन गर्न टेवा पुग्ने विश्वासले सीमा नदिमा पानी दिवसको अवसर पारि र्याफ्टीङ गरिन लागिएको छ ।
डडेलधुराको परशुराम नगरपालिका, बैतडीको दशरथचन्द नगरपालिका र कञ्चनपुरको भीमदत्त नगरपालिकाले र्याफ्टीङ गर्न लागेका हुन । र्याफ्टीङका लागी डडेलधुरामा ग्रामीण महिला विकास तथा एकता केन्द्र (रुडुक) अन्तरगत सञ्चालित ट्रोसा कार्यक्रमको सहकार्यका साथै बैतडीको रुडेस र कञ्चनपुरको निड्सले सहकार्य गरेका छन् ।
जलयात्रा सञ्चालनका लागी विभिन्न तहका सरकार र छिमेकी राष्ट्र भारत सँग समन्वय गरेर प्रारम्भ गरिन लागेको हो । नदीको पर्यापर्यटनलाई कायम राख्न जलयात्रा गरिन लागेको ट्रोसा कार्यक्रम अधिकृत अमर साउदले बताउनुभयो ।
सन १९९३ मा संयुक्त राष्ट्रसङ्घको साधारणसभाले मार्च महिनाको २२ तारिखलाई विश्व पानी दिवस भनेर घोषणा गरे पछि विश्वभर मनाउन सुरु गरिएको हो । पानी सम्बन्धित विभिन्न कार्यक्रम गरी पानी दिवस मनाइने गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्