तपाईँ सुन्दै हुनुहुन्छः

सेती नदी किनारमा एक पुरुष मृत फेला

तनहुँ । तनहुँको शुक्लागण्डकी–८ किमलडाडाँमा एक पुरुषको शव फेला परेको छ । आइतबार बिहान सेती नदी किनारमा स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
करिब ४० देखि ५० वर्ष उमेर देखिने पुरुषको शव पहिचान हुन सकेको छैन । पुरुषको शव जिल्ला अस्पताल दमौलीको शवघरमा राखिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब निरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो  ।
सेतोमा कालो धर्का भएको गोजीमा एप्पल लेखेको टिसर्ट र खैरो रङको ट्र्याक लगाएको पुरुषको अनुहार चिन्न नसकिने अवस्थामा छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button