तपाईँ सुन्दै हुनुहुन्छः

ट्याक्टर दुर्घटना हुँदा ३ जना घाइते

सांकेतिक तस्बिर

बागलुङ । बागलुङको बरेङ गाउँपालिकामा आज ट्याक्टर दुर्घटना हुँदा ३ जना घाइते भएका छन् ।

घाइते मध्ये एक जनाको अवस्था गम्भीर छ । गुल्मीको शान्तिपुरबाट बरेङ–४ सल्लेरी जाँदै गरेको  ध १ त ४८२ नम्बरको ट्याक्टर सल्लेरीको उकालोमा अनियन्त्रित भएर दुर्घटना भएको थियो ।

दुर्घटनाबाट ट्याक्टर चालक खोटाङको हलेसी गाउँपालिका वडा नम्बर ६ का केवल महरा गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय बरेङका सूचना अधिकारी नारायण प्रसाद पौडेलले जानकारी दिनुभयो । उनलाई थप उपचारका लागि तानसेन अस्पताल पठाइएको पौडेलले बताउनुभयो ।

त्यस्तै सोही दुर्घटना बाट घाइते भएका दैलेखको नारायणी नगरपालिका ६ का हस्त बहादुर मगर र उनकी श्रीमती मनीषा मगरको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button