रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा.झा नियुक्त
सप्तरी । सप्तरीको सदरमुकाम राजविराजमा बन्न लागेको रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा.रञ्जित झालाई नियुक्त गरिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उहाँलाई कार्यकारी निर्देशनको जिम्मेवारी दिएको हो ।
लामो समयदेखि प्रतिष्ठान निर्माण सम्बन्धमा रहेको अन्योल निर्देशकको बहालीसँगै पुनः निर्माणको गति बढ्ने आशा सप्तरीवासीमा पलाएको छ।








प्रतिक्रिया राख्नुहोस्