लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ
काठमाडौँ । महानगरीय प्रहरी प्रभाग नाग ढुङ्गाको टोलीले प्रतिबन्धित लागु औषधसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
टोलीले बाराबाट काठमाडौँ आउँदै गरेको बस चेक जाँचका क्रममा लागु औषधसहित दुई भारतीय नागरिकलाई आज बिहान पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारत विहार मोतिहारी मौहावाका १९ वर्षीय पप्पुकुमार यादव र भारत विहार मोतिहारी बेलाजितपुरका २६ वर्षीय सुवासकुमार यादव रहेका छन् ।
महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले झोलामा लुकाएर ल्याएको एक हजार ४९० एम्पुल लागु औषधसहित दुईलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्