तपाईँ सुन्दै हुनुहुन्छः

पाल्पाको रामपुरमा भ्युटावर निर्माण हुदै

पाल्पा । पाल्पाको रामपुरमा भ्युटावर निर्माण सुरु गरिएको छ । रामपुर नगरपालिका वडा नं ४ को बरडाँडामा निर्माण हुन लागेको भ्युटावरको सोमवार रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले शिलन्यास गर्नुभयो ।

पर्यटकिय क्षेत्रको विकासको लागि नगरपालिकाले वजेट विनियोजन गरी भ्युटावर निर्माण गर्न लागेको मेयर थापाले बताउनुभयो । रामपुर नगरपालिकाको सहयोगमा बहुवर्षिय योजना अनुरुप करिव ५० फिट अग्लो (चार तला) को भ्युटावर निर्माण गर्न रु १६ लाख रकमबाट काम थालनी गरिएको समितिका अध्यक्ष अमिर रानाले बताउनुभएको छ । उहाँका अनुसार निर्माण कार्य सम्पन्न गर्न करिव ६० लाख रकम लाग्ने अनुमान गरिएको छ ।

भ्युटावर निर्माण गरिने क्षेत्रमा पार्क लगायतका विभिन्न पर्यटकिय पूर्वाधार निर्माण गर्ने समितिको योजना छ । समितिले अबको पाँच वर्षभित्र काम सक्ने गरी निर्माण कार्य अगाडी बढाएको जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button