तपाईँ सुन्दै हुनुहुन्छः

बाजुराको खप्तड छेडेदह गाउँपालिकामा एक घर एक खाता अभियान सम्पन्न  

बाजुरा । बाजुरा जिल्लाको खप्तड छेडेदह गाउँपालिका एक घर एक बैङ्क खाता अभियान सम्पन्न गर्ने देशकै पहिलो गाउँपालिका घोषणा भएको छ । हिमालयन बैङ्क लिमिटेडको छेडेदह शाखाको सहकार्यमा उक्त अभियान सम्पन्न भएको हो ।

गाउँपालिकामा ३ हजार २ सय ३४ घरधुरी रहेका सबै परिवारको १ जना भन्दा बढीको बैकमा खाता खोलिसकिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णराज जोशीले बत्ताउनु भएको छ। २२ हजार १ सय ३५ जनसङ्ख्या रहेको गाउँपालिकामा करिब १ वर्षको अवधिमा बैङ्कले उक्त अभियान अन्तर्गत ९ हजार ४ सय ७६ खाता खोली सञ्चालनमा ल्याइएको थियो ।

वित्तीय चेतनामा अभिवृद्धि–सन्तुलित आर्थिक गतिविधि आत्मनिर्भरताको लागि बैङ्क खाता मार्फत बचत वृद्धि नारा तय गर्दै  गाउँपालिकाले हिमालयन बैङ्क मार्फत अभियान चलाएको गाउँपालिकाका अध्यक्ष नर बहादुर रावतले जानकारी दिनुभएको छ । गाउँपालिकामा आयोजित एक विशेष कार्यक्रमका बीच एक घर एक बैङ्क खाता अभियान सम्पन्न भएको घोषणा गरिएको हो ।

नेपाल राष्ट्र बैङ्क सुदूर पश्चिम प्रादेशिक कार्यालयका निर्देशक सुभाषचन्द्र घिमिरेले बैङ्क तथा वित्तीय संस्थाको सहभागितामा मात्र आर्थिक गतिविधि सहज हुने तथा विकासका कार्यक्रमले गति लिने भएकाले यो कार्यक्रम प्रभावकारी हुने बताउनु भएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button