तपाईँ सुन्दै हुनुहुन्छः

अपाङ्गता भएका व्यक्तिहरूलाई घरदैलो कार्यक्रम गरी सम्मान

सप्तरी । सप्तरीको सप्तकोसी नगरपालिकामा अपाङ्गता भएका व्यक्तिहरूलाई घरदैलो कार्यक्रम गरी सम्मान गरिएको छ ।
नगरपालिकाको आर्थिक वर्ष २०७७/२०७८ नगर सभाबाट स्वीकृत कार्यक्रम अन्तरगत वडा नम्बर ४ को प्रवर्द्धनात्मक कार्यक्रम मध्ये अपाङ्ग सम्मान घरदैलो कार्यक्रममा शुक्रवार घरदैलो मै पुगेर सम्मान गरिएको सप्तकोसी नगरपालिका वडा ४ का वडा अध्यक्ष बद्री नारायण चौधरीले बताउनुभयो ।
सप्तकोसी नगरपालिका ४ नम्बर वडा कार्यालयको सहयोग तथा श्री फत्तेपुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको आयोजना रहेको सो कार्यक्रममा लक्षित वर्गलाई घर दैलोमै पुगेर प्रोटिन, क्याल्सियम, च्यावनप्राश ,पेय पदार्थ जुस नास्ता, लगायतका वस्तु साथै दोसल्ला ओढाएर सम्मान गरिएको छ ।
४ नम्बर वडा भरिका २० पुरुष,  १४ महिला गरी ३४ जना अपाङ्गता भएका व्यक्तिहरूलाई सम्मान गरिएको आयोजक संस्थाका सञ्चालक समितिको सदस्य तथा यस सम्मान कार्यक्रमकी संयोजक दुर्गा देवी ढुङ्गेलले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button