ज्योति लाइफ इन्स्योरेन्सको आइपीओमा १८ लाख बढीको आवेदन

काठमाडौँ । ज्योति लाइफ इन्स्योरेन्सको आइपीओमा परेको आवेदनले आवेदनको नेपाली धितोपत्रको कारोबारमा नयाँ रेकर्ड कायम भएको छ ।
बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार उक्त इन्स्योरेन्सको आइपीओमा १८ लाख भन्दा बढीले आवेदन दिएका छन्। जुन आइपीओमा परेको हालसम्मकै धेरै आवेदन हो ।
क्यापिटलको अनुसार बुधवार साँझसम्ममा उक्त इन्स्योरेन्सको आइपीओमा १८ लाख ४ हजार ६४८ जना आवेदकबाट ३ करोड ८० लाख ५७ हजार ७१० कित्ता आइपिओ किन्नका लागि आवेदन परेको छ । यो सर्वसाधारणलाई निष्कासनमा ल्याएको ५९ लाख ४० हजार कित्ताको ६.४० गुणा बढी हो ।
कम्पनीले फागुन २१ गते देखि कम्पनीले कुल जारी पुँजीको ३० प्रतिशत अर्थात् ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता शेयर निष्कासनमा ल्याएको हो ।
हाल कम्पनीको अधिकृत पुँजी ३ अर्ब, जारी पुँजी २ अर्ब २० करोड र चुक्ता पुँजी एक अर्ब ५४ करोड रुपैयाँ छ । सर्वसाधारणलाई आइपिओ निष्कासनपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब २० करोड रुपैयाँ पुग्नेछ ।








प्रतिक्रिया राख्नुहोस्