तपाईँ सुन्दै हुनुहुन्छः

पूर्व मन्त्री नेपालद्वारा मेलम्चीमा उद्योग ग्रामको शिलान्यास

सिन्धुपाल्चोक । बागमती प्रदेशका पूर्व उद्योग पर्यटन वन तथा वातावरण मन्त्री अरुण नेपालले बिहीबार मेलम्चीमा औद्योगिक ग्रामको शिलान्यास गर्नुभएको छ । एक कार्यक्रमका बिच पूर्व मन्त्री नेपालले हिन्दु परम्परा अनुसार पूजा गर्दै भवनको शिलान्यास गर्नुभएको हो ।

कार्यक्रमका प्रमुख अतिथि नेपालले छरिएर रहेका उद्योगहरू लाई एकिकृत गर्ने र सरकारले औद्योगिक क्षेत्रको सुरक्षाको जिम्मेवारी लिने हेतुले औद्योगिक ग्राम स्थापनाको सुरुवात गरेको बताउनुभयो । आफु सरकारमा रहँदा बागमती प्रदेशको हरेक स्थानीय तहमा औद्योगिक ग्राम स्थापना गर्ने योजना अनुरूप यो बर्ष विभिन्न जिल्लामा गरी ५ वटा औद्योगिक ग्रामको निर्माण कार्य भइरहेको पनि बताउनुभयो ।

कार्यक्रम बोल्दै मेलम्ची नगरपालिकाका प्रमुख डम्बर बहादुर अर्यालले औद्योगिक ग्राम स्थापनाको लागि स्थानीयको माग र आबश्यक्त्तालाई मध्यनजर गर्दै प्रदेश सरकार सँगको समन्वयमा मेलम्चीमा औद्योगिक ग्राम निर्माण गर्न सफल भएको बताउनुभयो । उद्योगहरूलाई एकीकृत रुपमा विकास गर्ने उद्देश्यले औद्योगिक ग्रामको निर्माण संगैँ इन्द्रावती करिडोरमा वैकल्पिक बाटो निर्माण र नदी नियन्त्रणको काम पनि गरिने बताउनुभयो । मेलम्ची क्षेत्रमा औद्योगिक ग्रामको स्थापना सँगै स्थानीयहरूले सहज ढङ्गले उद्योग सञ्चालन गरेर जीवनस्तर उकास्न मद्दत पुग्ने पनि उहाँले विश्वास व्यक्त गर्नुभयो ।

मेलम्ची नगरपालिका वडा न. ११ का वडा अध्यक्ष रुद्र दुलालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बागमती प्रदेशका सांसद इन्द्रमाया गुरुङ, जिल्ला घरेलु तथा साना उद्योगका प्रमुख रामशरण गौतम, हेल्मोसिन्धु सामाजिक उत्थान कार्यक्रमका का अध्यक्ष उपेन्द्र तामाङ लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

करिब ७० लाख लागतमा २०७८ आषाढ मसान्त भित्र सम्पन्न गर्ने गरी निर्माण कार्यको जिम्मा पाएको युनिक कन्स्ट्रक्सनले निर्धारित समयमै काम सम्पन्न गर्ने जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button