तपाईँ सुन्दै हुनुहुन्छः

हत्या अभियोगमा एक पक्राउ

धनगढी । कैलालीको गोदावरी नगरपालिका ५ का शिवचरण रानाको हत्या घटनामा सलग्न एक जनालाई प्रहरीले पक्राउ सार्वजनिक गरेको छ ।

आज जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी प्रहरीले रानाको हत्या घटनाका मुख्य अभियुक्त स्थानीय ३७ बर्षीया जयन्ती चौधरीलाई सार्वजनिक गरेको हो ।

ती महिलाको योजनामा रानाको हत्या गरिएको र घटनामा सलग्न अन्य २ जना फरार रहेकाले खोजी कार्य भइरहेकोे प्रहरीले जनाएको छ ।
फागुन १५ बिहान गेटा नजिक ३६ बर्षीय रानाको हत्या गरिएको अवस्थामा शव फेला परेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button