तपाईँ सुन्दै हुनुहुन्छः

भलिबल विजेताले ३ लाख नगद प्राप्त गर्ने

काठमाडौँ । पाँचौँ संस्करणको आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबलको विजेताले ३ लाख नगद प्राप्त गर्ने भएका छन् ।

नेपाल भलिबल सङ्घले बिहीबार पत्रकार सम्मेलन गर्दै चैतमा आयोजना हुने लिगको महिला र पुरुष विजेताले ३ लाख पाउने जनाएको छ ।

सङ्घले यस पटकको पुरस्कार राशिमा वृद्धि गरिएको जनाएको छ । यस अघि विजेताले २ लाख ५० हजार पाएका थिए । यस्तै उपविजेताले १ लाख ५० हजार प्राप्त गर्दा तेस्रोले ७६ हजार र चौथोले ३७ हजार ५ सय पाउने सङ्घले जनाएको छ । राष्ट्रिय वाणिज्य बैङ्कको मुख्य प्रायोजनमा हुने प्रतियोगिता चैत १९ देखि २६ गतेसम्म काठमाडौँमा आयोजना हुनेछ ।

प्रतियोगितामा पाँचौँ आरबीबी एनभीए राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिपमा उत्कृष्ट भएका ८ पुरुष र ६ महिला टोलीले प्रतिस्पर्धा गर्ने छन् । लिगमा पुरुषतर्फ २८ र महिलातर्फ १५ गरी कुल ४३ खेल हुनेछ । लिगको शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button