तपाईँ सुन्दै हुनुहुन्छः

म्याग्देको छाङ्गपाटनमा स्वास्थ्य भवन, स्थानीय हर्षित

तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका वडा नं ५ स्थित छाङ्गपाटन आधारभूत स्वास्थ्य सेवा केन्द्र भवनको आइतबार उद्घाटन गरिएको छ ।
भवनको उद्घाटन गर्नुहुँदै प्रमुख अतिथि म्याग्दे गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले ११ महिनामा हिँड्ने बच्चा ९ महिनामा हिँडे जसरी म्याग्दे ५ मा विकासका गतिविधि छिटो छिटो भएको बताउनुभयो ।
किसानले बाली लगाएर खेती भित्र्याएको दिनमा जति खुसी हुन्छन् त्यस्तै आफूहरूलाई भवन उद्घाटन गरेर स्वास्थ्य कार्यालय सुरु गर्दा भएको अध्यक्ष रानाको भनाइ थियो ।
म्याग्दे–५ प्याराग्लाइडिङको लागि पनि नेपाली सेनाले प्रयोग गरी प्रमाणित गरिसकेको वडा भएको हुँदा प्याराग्लाइडिङको पनि सम्भावना रहेको अध्यक्ष रानाले बताउनुभयो ।
त्यस्तै म्याग्दे गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले जनताको कामको लागि जनप्रतिनिधिहरू निरन्तर लागिरहेको बताउनुभयो । सबै जनाको साथ र सहयोगमा म्याग्देको विकास तीव्र गतिमा अगाडि बढेको उपाध्यक्ष घिमिरेले बताउनुभयो ।
म्याग्दे–५ मा भर्खरै कालोपत्रे भएको सडकले मानहुँकोट जोडिएको हुँदा पर्यटनको क्षेत्रमा पनि छाङ्गपाटनको भविष्य उज्ज्वल रहेको उहाँको भनाई थियो ।
स्वास्थ्य भवन बनेपछि स्थानीय खुसी भएका छन् । स्थानीयले अब वडाबाटै स्वास्थ्य सेवा पाउने भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button