तपाईँ सुन्दै हुनुहुन्छः

सरकारले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौं । सरकारले खरिद गरेको १० लाख डोज कोरोना भाइरसविरूद्धको खोप कोभिसिल्ड आज काठमाडौ आईपुगेको छ ।

भारतीय खोप उत्पादक कम्पनी सेरम ईन्ष्टिच्युट संग किनेको १० लाख डोज खोप आज एयर इन्डियाको विमानबाट काठमाडौ ल्याईएको हो ।

सरकारले २० लाख डोज खोप खरिदका लागि भुक्तानी दिईसकेको र बाँकी खोप समेत छिट्टै आउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ महेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

आज ल्याईएको खोप टेकुस्थित स्वास्थ्य सेवा विभागको चिस्यान केन्द्रमा रखिने र यही फागुन २३ गतेदेखि प्राथमिकताका आधारमा चरणबद्ध रूपमा लगाईने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सरकारले सोही कम्पनीबाट उत्पादित १० लाख डोज खोप भारत सरकारबाट अनुदान स्वरुप प्राप्त गरी खोप अभियान सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button