लागु औषधसहित एकजना पक्राउ
सुनसरी । सशस्त्र प्रहरी बल नेपाल लौकही बिओपीको नेतृत्वमा खटिएको गस्ती टोलीले लागु औषधसहित एक जनालाई पक्राउ गरेको छ ।
बिओपी लौकहीका अनुसार इटहरी उपमाहानगरपालिका वडा–६ सगम टोल बस्ने वर्ष २० का सुरज चौधरीलाई लागु औषधसहित पक्राउ गरिएको हो ।
शुक्रबार साँझ ६ बजे बिओपीबाट खटिएको मोबाईल गस्ती टोलीले चेकजाँच गर्दा प्रतिबन्धित लागुओषध नाइट्रौजन ट्याबलेट १०२ पता, १०२० गोली, डाईलक्स डिसि १०० को २ बोतल, गाँजा १५० ग्राम, स्पास्मो १ पत्ता, धारिलो हतियार चक्कु १ ओटासहित चौधरीलाई पक्राउ गरिएको जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्