तपाईँ सुन्दै हुनुहुन्छः

नेकपा घटना इतिहासको संस्करण हो : मन्त्री अर्याल

स्याङ्जा । कृषि तथा पशुपन्क्षी विकास मन्त्री पद्मा अर्यालले नेकपा घटना कुनै नौलो कुरा नभई इतिहासको पुनरावृत्ति भएको बताउनुभएको छ ।
आइतबार गण्डकी र लुम्बिनी प्रदेश जोड्ने सडक कालोपत्रेको शुभारम्भ गर्नुहुँदै मन्त्री अर्यालले पार्टी फुट्ने र जुट्ने कार्य कुनै नौलो नभई इतिहासको संस्करण भएको बताउनुभएको हो ।
मन्त्री अर्यालले भन्नुभयो, ‘पहिलो कुरा नेकपा फुटेको छैन । पार्टी विभाजन र एकता कुनै नौलो होइन । इतिहासको पुनरावृत्ति हो । यसलाई व्यवस्थित ढङ्गले लैजान सम्माननीय प्रधानमन्त्री एवं पार्टी अध्यक्ष लाग्नुभएको छ ।’
अहिलेको नेकपा घटनालाई व्यवस्थापन गर्न पार्टी अध्यक्ष प्रतिबद्ध भएर लागिरहनुभएको उहाँको भनाई छ ।
निर्वाचनमा मुलुक अगाडि बढिसकेको भन्दै उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीले आग्रह गरिरहनुभएको छ । मुलुक निर्वाचनमा अगाडि बढिसक्यो, आउनुस् मिलौँ निर्वाचनमा जाऔँ, अव सडकमा होइन निर्वाचनमा तयारीमा लागौँ ।’ पार्टी औपचारिक रुपमा नफुटेको भन्दै उहाँले पार्टी एउटै रहेको बताउनुभयो ।
देशमा अशान्ति फैलाउन खोज्ने पार्टीलाई समेत संविधानको मूलधारमा ल्याउन सरकार लागिपरेको भन्नुहुँदै सिके राउतलाई ल्याइसकेको र अर्को पार्टीलाई समेत ल्याउने प्रयास भइरहेको उहाँको भनाई छ ।
मन्त्री अर्यालले वालिङ, भुम्रे, डुम्रेभञ्याङ, बानीडाँडा हुवास हुँदै लुम्बिनी प्रदेशको गुल्मी जोड्ने सडक कालोपत्रेको शिलान्यास गर्नुभएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button