तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश नं. २ का प्रदेश प्रमुख झाद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज प्रदेश नं. २ का प्रदेश प्रमुख राजेश झालाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित शपथ ग्रहण समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री ईश्वर पोख्रेललगायतको उपस्थिति रहेको थियो ।
राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा आजै प्रदेश नं. २ का प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरी रिक्त पदमा रौतहट निवासी झालाई नियुक्त गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button