सुनको मूल्य ९ महिना यताकै सस्तो
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य पछिल्लो तीन दिनयता लगातार घटेर ९ महिना यताकै सस्तो भएको छ । शुक्रवार सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेको हो ।
शुक्रवार छापावाला सुन प्रतितोला ८८ हजार २०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ८७ हजार ७५० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
२०७७ को जेठ २८ गते सुनको मूल्य प्रतितोला ८८ हजार ६०० रुपैयाँ तोकिएको थियो । त्यसपछिका महिनामा भने सुन ९० हजार भन्दा माथिल्लो तहमा पुगेर किनबेच भएको थियो । यस साताको बुधवारदेखि शुक्रवारसम्ममा सुन तोलामा दुई हजार ७०० रुपैयाँले घटेको छ ।
शुक्रवार चाँदीको भाउ पनि ओरालो लागेको छ । यस दिन चाँदी तोलामा ३० रुपैयाँले घटेर प्रतितोला एक हजार ३०५ रुपैयाँमा कारोबार भएको छ ।








प्रतिक्रिया राख्नुहोस्