तपाईँ सुन्दै हुनुहुन्छः

थप ९७ जनामा कोरोना संक्रमण, १ सय १४ सङ्क्रमणमुक्त

file photo

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप ९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको कुल सङ्ख्या २ लाख ७३ हजार २ सय ६३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यसैगरी, आज थप १ सय १४ जना कोरोना सङ्क्रमणमुक्त भएसँगै हालसम्म कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या २ लाख ६९ हजार ६ सय १९ पुगेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार आज देशभरिका अस्पताल, संस्थागत आइसोलेसन तथा होम आइसोलेसनमा गरी कूल १ हजार ५ सय ८३ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् ।

यसैगरी, कोरोना भाइरसको सङ्क्रमणबाट आज थप ३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म २ हजार ६१ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button