तपाईँ सुन्दै हुनुहुन्छः

काँग्रेसले अहिले धारणा बनाउँदैन : सभापति देउवा

File Photo
भैरहवा । नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले अदालतमा विचाराधीन मुद्दामा काँग्रेसले धारणा नबनाउने बताउनुभएको छ । कांग्रेस रुपन्देहीले भैरहवामा आज आयोजना गरेको विरोधसभामा पूर्व प्रधानमन्त्री देउवाले भन्नुभयो, “अदालतमा विचाराधीन मुद्दाको विषयमा हामी बोल्नु हुँदैन । अदालतले संसद् पुनः स्थापना गरे त्यहीअनुसार गरौँला, चुनाव गर भने चुनावमा जाऔँला ।’’
जुलुसको आधारमा अदालतले निर्णय गर्ने हो भने किन चाहियो कानुन भन्दै सभापति देउवाले कम्युनिष्टको झगडाले काँग्रेसमा समस्या शुरु भएको बताउनुभयो । उहाँले भन्नुभयो, “यिनको झगडाले हाम्रो पार्टीमा समेत समस्या आइरहेको छ ।”
उहाँले निर्वाचन आयोगको काम प्रभावकारी नभएको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, “निर्वाचन आयोग किन चुपचाप छ । कुनै पनि संसद्को विघटन भएको छ महिनाभित्र चुनाव गराउनै पर्छ तर निर्वाचन आयोगलाई वास्ता छैन ।”  रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button