तपाईँ सुन्दै हुनुहुन्छः

मेयर कप फुटबलको उपाधि दुहबी–७ लाई

सुनसरी । सुनसरीको दुहबीमा सम्पन्न भएको तेस्रो मेयर कप फुटबल प्रतियोगिताको उपाधि दुहबी वडा नम्बर ७ ले हात पारेको छ ।

दुहबी वडा नम्बर ७ ले १ लाख १ हजार नगद तथा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।  आज भएको फाइनल खेलमा दुहबी वडा नम्बर १० लाई १–० गोल अन्तरले पछि पार्दै दुहबी ७ विजेता बनेको हो ।

मेयर कपको उपविजेता दुहबी वडा नम्बर १० ले ५१ हजार नगद तथा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । खेलको मध्यान्तर सम्म दुवै तर्फबाट अत्यन्तै प्रतिस्पर्धात्मक खेल भए पनि कसैले गोल लगाउन सकेको थिएन ।

खेलको मध्यान्तर पछिको २० औँ मिनेटमा खेलाडी सेवन ऋषिदेवको १ गोलबाट वडा नम्बर ७ उपाधि विजेता बनेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button