रोल्पाको सुनछहरी गाउँपालिकाको नवौँ गाउँ सभा सम्पन्न

रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिकाले आफ्नो नवाँै गाउँ सभा सम्पन्न गरेको छ ।
आर्थिक वर्ष २०७७/०७८ को लागि विनियोजित बजेट अन्तर्गत हालसम्म ७ करोड ६४ लाख ७६ हजार २ सय ७६ रुपैयाँ खर्च भएको छ ।
समपूरक कोष तर्फका योजनाहरू रोल्बाङ मावि प्राविधिक शिक्षालय भवन निर्माण गर्न जेलबाङलाई ३७ लाख ५२ हजार, फगाम मेहलधारा पोबाङ मोटर बाटोको लागि २५ लाख, फगाम खानेपानी तथा सरसफाइ योजनामा २५ लाख, मुइकाधारादेखि बाशा बिबाङदहसम्म जोड्ने मोटरबाटो २५ लाख रुपैयाँ, बाहिरी गामदेखि पोबाङ जोडने मोटर बाटो २४ लाख रुपैयाँ बजेट गाउँ सभाबाट पारित गरेको गाउँपालिका अध्यक्ष आशबहादुर पुनले बताउनुभयो ।
गाउँपालिकाको नवौँ गाउँ सभाले गाउँ कार्यपालिकाबाट भएका निर्णयहरू पारित गरेको छ । विभिन्न शीर्षकबाट रकमान्तरण गरेको निर्णय, विशेष अनुदान, विभिन्न योजना तर्जुमा गर्ने निर्णय गरेको छ ।
नेपाल सरकार स्वास्थ्य मन्त्रालयबाट ५ शय्याको अस्पताल निर्माण गर्ने निर्णय अनुसार सुनछहरी गाउँपालिका जैमाकसलाको पोबाङ स्वास्थ्य चौकी रहेको स्थानमा बनाउने तयारी गरेको छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गतका विभिन्न योजनाहरू सञ्चालन गर्ने गाउँ सभाले पारित गरिएको छ ।
विद्यालय भौतिक पूर्वाधार अनुदान अन्तर्गत ४ कोठे भवन, देवी मन्दिर मावि पोबाङ, सिद्ध प्रावि स्युरी वाससहितको शौचालय र रिपुकोट प्राथमिक विद्यालय फगामलाई र रेट्रोफाइड जनता मावि बाहिरीगाम छनौटमा परेका छन् ।
पोबाङ स्वास्थ्य चौकीमा ल्याब सञ्चालन गर्नको लागि ,आर्थिक ऐन–२०७७ मा दर रेट छुटेको हुँदा परामर्श समितिको निर्णय अनुसार एक रुपता कायम हुने गरी कार्यान्वयन गर्ने निर्णय भएको छ ।
स्थानीय दर रेट संशोधन गर्ने, दरबन्दी स्वीकृत गर्ने ,गाजा खोलादेखि भित्री गामसम्म जोडने मोटर बाटो शीर्षकलाई मुइकाधारादेखि गिच्छेबाशा बिबाङ्दहसम्म जोडने मोटरबाटो शिर्षकमा संशोधन गर्ने, स्थानीय तहमा वातावरण तथा प्राकृतिक श्रोतको संरक्षण सम्बन्धमा बनेको ऐन–२०७७ वडाहरूमा भएका योजना तथा कार्यक्रमहरूको संशोधन सम्बन्धमा भएको निर्णय, मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम निर्णय पारित भएको छ ।








प्रतिक्रिया राख्नुहोस्