पाल्पामा कोरोना संक्रमण दर घट्दै
पाल्पा । पाल्पामा कोरोना सङ्क्रमण दर घट्दै गएको छ ।
पाल्पामा पछिल्लो समय थप ३० जना सङ्क्रमितले कोरोना जित्दा थप ८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयलाई गत माघ १८ गतेदेखि माघ २४ गतेसम्मको प्राप्त विवरण अनुसार जिल्लाका विभिन्न स्थानीय तहका ३० जना सङ्क्रमितले कोरोना जितेका हुन् ।
योसँगै जिल्लामा कोरोना सङ्क्रमितको संख्या एक हजार ९ सय २८ पुगेको छ ।
अहिलेसम्म जिल्लामा १३ हजार २ सय ९३ जनाको पिसीआर परीक्षण गरिएको छ ।
जसमा ११ हजार ३ सय ६५ जनामा नेगेटिभ र एक हजार ९ सय २८ जनामा पोजेटिभ देखिएको छ ।
कोरोनाका कारण अहिलेसम्म ३५ जनाको मृत्यु भएको छ । अहिले कुल सक्रिय सङ्क्रमितको संख्या २४ पुगेको छ ।
जिल्लामा अहिलेसम्म १ हजार १ सय १९ जना समुदायस्तरका व्यक्तिहरुमा कोरोना सङ्क्रमण देखिएको छ । ति मध्ये महामारीको अग्रभागमा रहेर काम गर्दै आएका ८५ जना स्वास्थ्यकर्मी रहेका छन् ।








प्रतिक्रिया राख्नुहोस्