मोडेल कलेजद्वारा ढकाल सम्मानित

सुर्खेत । सुर्खेत मोडेल कलेजले नेपालमै प्रथम स्थान हासिल गर्ने छात्र गणेश ढकाललाई सम्मान गरेको छ ।
कलेजले विहीबार विशेष कार्यक्रमको आयोजना गरी त्रिभुवन विश्वविद्यालयले–२०७५ सालमा बिबिएसतर्फ लिएको परीक्षामा ढकालले नेपालमै प्रथम स्थान हासिल गरेपछि सम्मान गरेको हो ।
त्रिविले स्नातक (बिबिीएस) विशिष्ट श्रेणीबाट उर्तिण ढकाललाई ‘नेपाल बैंक लिमिटेड छत्र बहादुर’ पदकबाट सम्मान गरेपछि कलेजले आफ्नो प्रतिष्ठालाई देशैभर पहिचान दिलाउन सफल भएको भन्दै अतिरिक्त सम्मान गरको हो ।

शैक्षिक शत्र २०७२–२०७५ व्याचका प्रतिभाशाली छात्र ढकालले स्नातक (बिबिएस)तर्फ ७५ प्रतिशत अंक ल्याएर विशिष्ट श्रेणी हासिल गर्नु भएको थियो ।
जिल्लाको भेरीगंगा नगरपालिका–८, का स्थायी निवासी ढकाल हाल सरकारी जागिरेसँगै स्नातकोत्तर (एमवीएस) मा अध्ययनरत हुनुहुन्छ ।








प्रतिक्रिया राख्नुहोस्