तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेशस्तरीय जोलोजिकल सेमिनार बुटवलमा

रुपन्देही । लुम्बिनी प्रदेशस्तरीय जोलोजिकल सेमिनार बुटवलमा शुरु भएको छ ।

नेपाल जोलिजिकल सोसाइटीको आयोजनामा हुन लागेको सेमिनार शनिबारसम्म चल्ने र ४ वटा कार्यपत्र प्रस्तुत हुनेछन् ।

सोसाइटीका अध्यक्ष प्रा. डा. महेन्द्र महर्जनले सेमिनारमा उभयचर वर्गका जनावरको अवस्था, सर्पको अनुन्धान र समस्या, माछाको अध्ययान र कोरानो प्रभाव र यसको उत्पत्ति सम्बन्धी ४ वटा कार्यपत्र प्रस्तुत हुने जानकारी दिनुभयो ।

पर्यावरण, पर्या पर्यटन, बातावरण संरक्षणजस्ता क्षेत्रमा महत्वपूर्ण टेवा पुग्ने उद्देश्यले आयोजना गरिएको उहाँको भनाई छ ।

एक कोषीय प्राणीदेखि बहुकोषीय विकसित चेतनशील प्राणीहरुको अध्ययन अनुसन्धानका लागि सेमिनारले महत्वपूर्ण भूमिका खेल्ने महर्जनको भनाइ छ ।

नेपाल जैविक विविधताको देश भएपनि निकै कम मात्रामा अध्यायन र अनुसन्धान भएको भन्दै अध्यायन र अनुसन्धानका लागि पनि सेमिनार प्रभावकारी हुने आयोजकको भनाइ छ ।

लुम्बिनी प्रदेशस्तरको सेमिनारबाट प्रदेशको जैविक विविधताको अवस्थाबारे प्रष्ट हुने आयोजकको अपेक्षा छ । लुम्बिनी प्रदेशका १ सयभन्दा बढी प्राणी शास्त्रीहरुको सेमिनारमा सहभागिता छ ।

लुम्बिनी प्रदेशमा पाइने सारस क्रेन, बर्दियामा रहेको पाटे बाघ, हरिण, मृग, निलगाई, विभिन्न प्रकारका किरा, फट्याङग्रा, मौरीपालन, छपियाको माछा गाउँ, जगदीशपुर तालिभित्रको सेमिनार क्षेत्र, अर्घाखाँचीको घेरालेख, घोर्लासी क्षेत्रमा पाइने गिद्धहरुको संरक्षण र संवद्र्धन गर्ने उद्देश्य जोलोजिकल शिक्षक बावुराम बञ्जाडेले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button