बल प्रयोग गर्दै प्रहरीले खुलायो राजमार्ग

बर्दिवास। महोत्तरीको बर्दिबासमा आन्दोलनकारीले बन्द गरेको राजमार्ग प्रहरीले लाठी चार्ज गर्दै खुलाएको छ । प्रचण्ड–नेपाल पक्षका कार्यकर्ताहरुले पूर्व–पश्चिम राजमार्ग अन्र्तगत महोत्तरीको बर्दिबासमा बन्द गराएका थिए ।
नेपाल प्रहरीको एसपी, डीएसपी नेतृत्वको टोलीले आन्दोलनकारीमाथि बल प्रयोग गर्दै राजमार्ग खुलाएको छ । प्रहरीले स्कटिङ्ग गरि गणतव्य तर्फ सवारीसाधनलाई पठाइरहेका छन् ।५ घण्टादेखि राजमार्ग बन्द खुलाउन प्रयासरत रहेका प्रहरी टोलीले त्यसपछि लाठी चार्ज गर्दै सडक खुलाएको हो ।
प्रहरी र आन्दोलनकारी बीच भएको झड्पमा नेकपा प्रदेश २ का सदस्य शंकर महतो, बर्दिबास नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष चुडामणी पोखरेल, वडा सदस्य निरज अधिकारी, वडा नम्बर ३ का वडा अध्यक्ष राजन ढुङ्गाना लगायत घाइते भएका छन् ।
उनीहरुको हात, खुट्टा र टाउको चोट लागेको छ । वडा नम्बर ३ का अध्यक्ष ढुङ्गानाको टाउको फुटेको छ ।बिहानैदेखि आन्दोलनकारीले बर्दिबास बजार, कलकरखाना, शैक्षिक संस्थाहरु बन्द गराएका छन् ।








प्रतिक्रिया राख्नुहोस्