तपाईँ सुन्दै हुनुहुन्छः

घुस सहित सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार पक्राउ

महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका–५ बाट घुस रकम सहित सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासले रामनगरस्थित सशस्त्र प्रहरी बेस क्याम्पमा कार्यरत सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार श्रवण बस्नेतलाई १५ हजार घुस रकमसहित पक्राउ गरेको हो ।
घर प्रयोजनको काठ दाउरा सहज गराइदिने भन्दै सेवाग्राही सँग १५ हजार घुस रकम माग गरेको बस्नेतलाई ना १ झ ८६४ नम्बरको गाडी सहित आयोगको कार्यालय बर्दिबासले नियन्त्रणमा लिएको जनाएको छ ।
पक्राउ परेका सशस्त्र प्रहरी हवल्दारलाई आयोगको बर्दिबासस्थित कार्यालयमा राखिएको र थप अनुसन्धान गरिने कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button