बिद्युत लाइन सर्ट हुदाँ आगलागी
भोजपुर । भोजपुर नगरपालिका वडा नम्वर ७ बस्ने राजबहादुर राईको घरमा बिद्युत लाइन सर्ट भएर आगलागी हुदाँ घरमा क्षति पुगेको छ ।
जिल्ला प्रहरी कार्यालय भोजपुरका सुचना अधिकारी प्रहरी निरीक्षक प्रदीप लामाले सोमवार बिहान पौने आठ बजे तिर बिद्युत लाइन सर्ट भएर राईको ढुंगा माटोले बनेको घरमा आगलागी भएको जानकारी दिनुभयो ।
दुई तले घरमा माथिल्लो तलामा आगलागी शुरु गरे पछि जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रमुख सहित ६० जनाको प्रहरी टोली, नेपाल सेना, दमकल र स्थानियको सहयोगमा आगो नियन्त्रणमा लिईएको सुचना अधिकारी प्रहरी निरीक्षक लामाले बताउनु भयो ।समयमा नै आगो नियन्त्रणमा आएकोले क्षति बढी हुन नपाएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्