तपाईँ सुन्दै हुनुहुन्छः

रुपन्देही निर्वाचन आयोगले काम थाल्यो

रुपन्देही । सरकारले निर्वाचनको मिति घोषण गरेपछि रुपन्देहीमा यसको तयारी थालिएको छ  ।

सङ्घीय सरकारले घोषणा गरेको वैशाख १७ र २७ गते हुने निर्वाचनको लागि रुपन्देहीमा १२ वटा मतदान केन्द्र थपिने भएको छ ।

मतदान स्थल तथा मतदान केन्द्र पुनरावलोकन समिति रुपन्देहीको बैठकले १२ वटा मतदान केन्द्र थप गर्ने निर्णय गरेको हो ।

साबिकको निर्वाचनमा रुपन्देहीमा २ सय ८ मतदान स्थल तथा ५ सय ९८ मतदान केन्द्र रहेका थिए । अहिले मतदान केन्द्र थप भएर ६ सय १० पु¥याइएको जिल्ला निर्वाचन अधिकारी अयोध्या भण्डारीले जानकारी दिनुभएको छ ।

मतदान स्थलको सङ्ख्या भने २ सय ८ नै रहेको छ । तर केही मतदान स्थल भने हेरफेर गरिएको उहाँले जानकारी दिनुभयो ।

जसअनुसार बुटवल उपमहानगरपालिकाको वडा नम्बर ६ र ९, मायादेवी गाउँपालिका– ५, कोटयीमाइ गाउँपालिका–६ र गैडहवा गाउँपालिका–३ मा मतदान स्थल परिवर्तन गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

रुपन्देहीमा प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेको अध्यक्षतामा पुस २९ गते बसेको मतदान स्थल तथा मतदान केन्द्र पुनरावलोकन समितिको बैठकमा पालिका प्रमुखहरूलाई मतदान केन्द्रको हेरफेरको सम्बन्धमा राय सुझाव दिन भनिएको थियो । सुझावहरूलाई समेटेर मतदान स्थल र केन्द्रहरू तोकिएको जिल्ला निर्वाचन अधिकारी भण्डारीले बताउनुभयो ।

मतदाता नामावली अद्यावधिकको काम पनि सुरु भएको छ । जिल्लाका सबै पालिकामा १५ गते मतदाता नामावली प्रकाशन भएको छ ।

आज १६ गतेबाट २४ गतेसम्म  अद्यावधिकको काम हुने छ । यसबीचमा नामावलीमा भएको त्रुटि सच्याउने, कसैले झुटा विवरण दिएको भए उजुरी लिने, त्यस उपर छानबिन गर्ने, मृत्यु भएको वा नागरिकता त्यागेकाको नाम सूचिबाट हटाउने लगायतका काम हुनेछ ।

माघ २४ गतेसम्म अद्यावधिक गरेर निर्वाचन आयोगमा पठाउने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

त्यसपछि निर्वाचन आयोगले अन्तिम नामावली सार्वजनिक गर्ने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button