तनहुँका भूकम्प प्रभावित २१७ विद्यालयमा पुनर्निर्माण तीव्र गतिमा
तनहुँ । भूकम्पबाट क्षति पुगेका तनहुँका २ सय १७ वटा विद्यालयको पुनः निर्माण कार्य चलिरहेको छ । भूकम्पबाट क्षति पुगेका २ सय ९४ विद्यालयमध्ये २१७ विद्यालयको पुनर्निर्माण चलिरहेको राष्ट्रिय पुनः निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई शिक्षा तनहुँले जनाएको छ ।
पुनः निर्माण कार्य तीव्र गतिमा सञ्चालन भइरहेको जिल्ला आयोजना कार्यान्वयन इकाई शिक्षा तनहुँले जनाएको छ ।
सो विद्यालय पुननिर्माणका लागि रु ५७ करोड खर्च हुने इकाई प्रमुख गोभिन्द राज पोख्रेलले जानकारी दिनुभयो । उहाँका अनुसार साउदी सरकारबाट चार वटा भवन पुनःनिमार्णका लागि आएको रकम बाहेक उक्त रकम खर्च हुनेछ ।
२ सय ९४ विद्यालयमध्ये २१७ विद्यालयमा पुनः निर्माण हुने र तीमध्ये ८२ वटा भवन निर्माणाधीन अवस्थामा रहेको इकाई प्रमुख पोख्रेलले बताउनुभयो । जसमा ५२ वटा चार कोठे, ६ वटा तीन कोठे र २० वटा दुई कोठे भवन रहेका छन् । त्यस्तै साउदी सरकारले दुई वटा १२ कोठे, एउटा ९ कोठे र अर्को एउटा ७ कोठे भवन पुनः निर्माण गर्दैछ ।
“तीन वटा शौचालय निर्माण सम्पन्न भइसकेको छ भने ५८ वटा शौचालय निर्माणाधीन अवस्थामा रहेको छ । प्रमुख पोख्रेलले भन्नुभयो ’त्यस्तै ५७ वटा खानेपानी धारा निर्माण गर्नुपर्नेमा ती सबै निर्माणाधीन अवस्थामा रहेको इकाइले जनाएको छ ।’
४ कोठे भवनको ५६ प्रतिशत, ३ कोठे भवनको ४० प्रतिशत, २ कोठे भवनको ४५ प्रतिशत, शौचालयको ६१ प्रतिशत र खानेपानीको ४० प्रतिशत भौतिक प्रगति भएको इकाईका प्रमुख पोख्रेलले जानकारी दिनुभयो ।
२ कोठे, ३ कोठे भवन, शौचालय, खानेपानीको काम आगामी चैत मसान्त सक्नुपर्ने र ४ कोठे भवनको काम जेठ मसान्तसम्म सक्नुपर्ने पोख्रेलले बताउनुभयो ।
जिल्लामा विद्यालय भवन पुनर्निर्माण आर्थिक वर्ष २०७७/७८ को असारबाट शुरु भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्