बेवारिसे दुई व्यक्तिको उद्धार

सिन्धुपाल्चोक । बागमती प्रदेशलाई बेसहारा सडक मानवमुक्त मानवीय प्रदेश बनाउने अभियान अन्तर्गत बेसहारा एवम् बेवारिसे दुई व्यक्तिलाई उद्धार गरिएको छ । नाम वतन खुल्न नआएका अन्दाजी वर्ष ३५ को र अन्दाजी ३४ वर्षको दुई जनालाई सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाबाट बुधवार उद्धार गरिएको हो ।
स्थानीय समाजसेवी शहदेव खड्काले ती दुई व्यक्तिलाई बेवारिसे अवस्थामा भौँतारिरहेका देखेपछि बेसहारा सडक मानवमुक्त मानवीय प्रदेश अभियानका सहजकर्ता अप्सरा पौडेललाई जानकारी गरेका थिए । जानकारी पाए लगत्तै सहजकर्ता पौडेलको पहलमा उद्धार गरी मानव सेवा आश्रम भक्तपुरमा सेवाका लागि पठाइएको छ ।
प्रदेश सरकार र गैरसरकारी संस्थाको साझेदारीमा बागमती प्रदेशलाई सहयोगापेक्षी, बेसहारा सडक मानवमुक्त मानवीय प्रदेश बनाउने उद्देश्यले सिन्धुपाल्चोकमा यो अभियान सञ्चालन भएपछि पाँच जना बेवारिसे, बेसहाराको उद्धार गरिसकेको सहजकर्ता पौडेलले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्