तपाईँ सुन्दै हुनुहुन्छः

मैथिली भाषाको गीत सङ्ग्रह राग-तानको लोकार्पण 

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाद्वारा प्रकाशित तथा गीतकार एवं साहित्यकार अशोक दत्तद्वारा लिखित मैथिली भाषाको गीत सङ्ग्रह राग तानको आज जनकपुरधाममा लोकार्पण गरिएको छ ।
प्रदेश नंं २ को नीति तथा योजना आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झा व्यथितले सो पुस्तकको लोकार्पण गर्नु भएको थियो । सोही कार्यक्रममा गायिका सुनिता साहको स्वर रहेको धरामार्ग स जन्मे जानकी नामक गीति सि डि एल्बमको लोकार्पण गरिएको छ ।
कार्यक्रममा बोल्दै नीति तथा योजना आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झा व्यथितले रचना गरिएको पुस्तकमा रहेको विषय वस्तु सबै वर्गका लागि उपयोगी भएको बताउनु भयो । उहाँले यसमा समावेश गरिएको सबै रचनाहरू उत्कृष्ट भएको बताउनु भयो ।
जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले अध्यक्षको आसनबाट बोल्दै जनकपुरधाम उपमहानगरपालिका भाषा, साहित्य एवं संस्कृतिको संरक्षण एवं विकासका लागि प्रतिबद्ध रहेको बताउनु भयो ।
कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख रिता कुमार मिश्र, वरिष्ठ पत्रकार एवं प्रेस स्वतन्त्रता सेनानी राजेश्वर नेपाली, साहित्यकार रोशन जनकपुरी, सङ्गीतकार सुनिल मल्लिक, साहित्यकार एवं उपप्राध्यापक श्यामसुन्दर शशी, पुस्तकका लेखक अशोक दत्त सहितका वक्ताहरूले मैथिली भाषा, संस्कृति र साहित्यको विकासमा पुस्तकले सहयोग गर्ने बताउनु भयो ।
कार्यक्रममा पुस्तकका लेखक अशोक दत्त तथा गीति एल वमका गायिका सुनिता साहलाई प्रमुख अतिथि डा. भोगेन्द्र झा र जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहले दोसल्ला ओढाएर सम्मान गर्नु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button