लोप हुँदै पञ्चेबाजा : मोबाइलतिर आकर्षण

जाजरकोट । जाजरकोटको गाउँघरमा घन्किने नौमती तथा पञ्चेबाजा यतिबेलाभने लोप हुँदै गइरहेको छ ।
पछिल्लो समय आधुनिक बाजा तथा मोबाइलको विकासले परम्परागत बाजा लोप हुँदै गएको स्थानीयहरू बताउँछन् ।
मौलिक संस्कृति बोकेका बाजा हराउन थालेपछि यसको संरक्षणमा स्थानीय सरकारले विशेष जोड दिनु पर्ने नलगाड नगरपालिका ३ कैनाका स्थानीय डिल्ली परियारले बताउनु भयो ।
अहिले निजी लगानी गरेर आफूहरूले बाजा संरक्षण अभियान गरिरहेको परियारले बताउनु भयो । ‘बाजा हराए हाम्रो कला, संस्कृति र संस्कार हराउने’ भन्दै परियारले यसको संरक्षणमा सबै लाग्नु पर्नेमा जोड दिनुभयो ।
बाजा बजाउन युवा पुस्तालाई जागरुप गराउनु पर्ने बारेकोटका गोविन्दबहादुर सिंहले बताउनुभयो । परम्परागत कला र संस्कृतिको संरक्षणका लागि व्यावसायिक रुपमा बाजा संरक्षणमा जोड दिन आवश्यक छ, सिंहले भन्नु भयो । बाजा संरक्षणका लागि स्थानीय सरकारको पनि ध्यान दिनु पर्छ, उहाँले भन्नु भयो ।








प्रतिक्रिया राख्नुहोस्