चिसो बढेपछि सुनसरीको जनजीवन प्रभावित

सुनसरी । चिसो बढेसँगै सुनसरीको जनजीवन प्रभावित भएको छ ।
शुक्रवार दिनभर नै बाक्लो हुस्सु लागेकाले यहाँको जनजीवन प्रभावित भएको हो । जिल्लाका अधिकांश भागमा एक साता यता बाक्लो हुस्सु लाग्ने गरेको छ ।
जाडोले ज्येष्ठ नागरिक, गर्भवती र बालबालिकाहरूलाई बढी समस्या भएको लौकहीका पवन रौनियारले जानकारी दिनुभयो ।
सुनसरीमा चिसो बढेसँगै इनरुवा, इटहरी, दुहवी, लौकही, औरावनी, भाण्टाबारीसहितको बजारमा मानवको चहलपहलमा कमी आएको छ । मानिसहरू घर र चोकचोकमा भेला भएर आगो बालेर तापेर बसिरहेका छन् ।
जाँडोबढेसँगै बजार क्षेत्रमा न्यानो कपडाको बिक्रीसमेत बढेको व्यापारी राहुल साहले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्