तपाईँ सुन्दै हुनुहुन्छः

गाउँपालिकाको निशान छापमा असन्तुष्टि

सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाले लागु गरेको निशाना छाप (लोगो) समावेशी नभएको भन्दै नेपाल शेर्पा संघ महाकुलुङले असन्तुष्टि जनाएको छ । गाउँ कार्यपालिका बैठकले गएको शुक्रबार पास गरेर कार्यान्वयनमा ल्याएको निशाना छाप गैर कुलुङ समुदायको अपनत्व नझल्कने गरी ल्याएको भन्दै असन्तुष्टि जनाइएको छ ।

गाउँ कार्यसमितिका अध्यक्ष पासाङछिरिङ शेर्पा र सचिब ङिमा शेर्पाले जारी गरेको विज्ञप्तीमा स्थानीय सरकारले तयार पार्ने आधिकारिक निशाना छाप समावेशी नभएको भन्दै अस्विकार गर्ने उल्लेख गरिएको छ ।

विज्ञप्तीमार्फत गैर कुलुङ जातीको पनि प्रतिनिधित्व हुने गरि निशाना छाप संशोधन गरेर सार्वजनिक गर्न माग गरिएको छ । सो कार्यमा ऐक्यबद्धताका लागि आम महाकुलुङबासीलाई आग्रह गरिएको छ ।

गाउँपालिकाले प्रयोगमा ल्याएको निशाना छापको माथिल्लो भागमा नेपालको चन्द्र सुर्य अङ्कित झण्डा, त्यसमुनी हिमाल र तालतलैया समाबेश गरिएको छ ।

दाँयाबायाँ मयूरको प्वाँख र अल्लोको चित्र प्रयोग गरिएको छ भने ढोलक, चिण्डो, विनायो र मुर्चुङगालाई पनि समाबेश गरिएको छ । कुलुङ जातीको बाहुल्यता रहेको महाकुलुङमा शेर्पा, खस, आर्य र दलित समुदायका मानिस बसोबास गर्दै आएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button